विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् भने ललित राजवंशी र अविनाश बोहोरा प्लेइङ-११ मा अटाएका छन् । पहिलो खेलमा बाहिर रहेका कुशल मल्ल र कमल सिंह ऐरी भने आज समेत बाहिर रहेका छन् ।

नेपालको प्लेइङ ११:

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, ललित राजवंशी

नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय नेपालको पहुँचबाट निकै टाढा पुगेको खेलमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक फिनिश गर्दै जित दिलाएका थिए । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

१८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *