इटालियन सिरी ए मा युभेन्ट्सले बोलोग्नासँग ३-३ को बराबरी खेल्दै अंक बाढेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्स ३-० ले पछि परेको थियो । दोस्रो हाफमा तीन गोल गर्दै हार टारेको हो ।

बराबरपछि युभेन्ट्स चौथो स्थानमा झरेको छ । ३७ खेलपछि युभेन्ट्सलाई पछि पार्दै बोलोग्ना तेस्रो स्थानमा उग्लियो । दुबै टोलीको ६८ अंक रहेको छ ।

च्याम्पियन इन्टर मिलानको ९३ अंक र दोस्रो स्थान पक्का गरेको एसि मिलानको ७४ अंक छ ।

रिकार्डो कालाफिओरीले दोस्रो र ५३औं तथा कास्ट्रोले ११औं मिनेटमा गोल गरेपछि घरेलु टोली बोलोग्नाले ३-० को अग्रता बनाएको थियो ।

फेडेरिको चिसाका ७६औं मिनेटमा गोल गरे । अर्काडिउस मिलिकले ८३औं मिनेटमा ३-२ को अवस्थामा ल्याएका थिए । केनान यिल्डिजले ८४औं मिनेटमा गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *