इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित हासिल गर्दै पुनः शीर्ष स्थामनमा उक्लिएको छ।

शनिबार सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलहमलाई ४-० गोलले पराजित गरेको हो। सिटीको जितमा जोस्को ग्वार्डियोलले २ र फिल फोडेन र जुलियन अल्भारेजले समान एक गोल गरे।

खेलको १३ औं मिनेटमा ग्वार्डियोलको गोलबाट सिटीले शुरूआती अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो।

५९औं मिनेटमा फोडेले गोल गर्दै सिटीको अग्रता दोबबर पारे। त्यसपछि ७१औं मिनेटमा पुन ग्वार्डियोलले गोल गरेपछि सिटीले ३-० को अग्रता बनायो। खेलको अतिरिक्त समयका सातौँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४-० को सहज जित दिलाए।

जितसँगै सिटीले ३६ खेलबाट ८५ अंक जोडेर शीर्ष स्थानमा फर्किएको छ। यता पराजित फुलहम भने ३७ खेलबाट ४४ अंकसहित १३ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *