एसी मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा काग्लियारीमाथि फराकिलो जित हासिल गरेको छ । सनिवार राति भएको खेलमा एसी मिलानले काग्लियारीमाथि ५-१ को फराकिलो जित हासिल गरेको हो ।

मिलानको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा क्रिस्टियन पुलिसिकले दुई गोल गर्दा इस्माइल बेन्नाकेर, टिजानी रैजडेर्स र राफायल लियोले एक-एक गोल गरे । पराजित टोलीका लागि नाहिथान नान्डेजले सान्तोना एक गोल फर्काए ।

पहिलो हाफको ३५ औं मिनेटमा बेन्नाकेरले गोल गर्दै घरेलु टोलीदाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा लियोको पासमा पुलिसिकले गोल गर्दा मिलान २-० ले अघि बढ्यो । तर, गब्रिइली जाप्पाको पासमा नान्डेजले गोल फर्काउँदा खेल २-१ को स्थितिमा आयो ।

यता, ७४ औं मिनेटमा थियो हर्नान्डेजको पासमा रैजडेर्सले मिलानका लागि गोल गर्दा खेल ३-१ को स्थितिमा आयो ।
८३ औं मिनेटमा लियोले गोल थप्दा मिलान ४-१ ले अघि बढ्यो । खेलको अन्त्यतिर ८६ औं मिनेटमा नोहा ओकाफरको पासमा पुलिसिकले गोल थप्दा मिलान ५-१ ले विजयी भयो ।

फराकिलो जितसंगै मिलानले ३६ खेलबाट ७४ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लियो । पराजित काग्लियारीको ३६ खेलमा ३३ अंकसहित तालिकाको १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *