रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगमा भ्यालेन्सियामाथि जित हासिल गरेको छ।

एस्टाडियो ओलम्पिको लुलिस कम्पनीमा सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ३ लोपेजको नाममा १ गोल रह्यो। यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले गोल गरे।

खेलको २२औं मिनेटमा राफिन्हाको पासमा लोपेजले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाए। तर, २७औं मिनेटमा ह्युगोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काए।

३८औं मिनेटमा पेपेलुले पेनाल्टीमार्फत गोल गर्दै भ्यालेन्सियालाई खेलमा २-१ को अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा भ्यालेन्सिया खेलाडीमा समेटियो। भ्यालेन्सियाका जोर्जी ममार्दश्विली रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। od

तर, ४९औं मिनेटमा इल्के गुन्डोगनको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। ८२औं मिनेटमा रोनाल्ड अराउजोको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले नै गोल गर्दै ह्याट्रिक पूरा गरे। योसँगै बार्सिलोना खेलमा ४-२ गोलले विजयी भयो।

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३३ खेलबाट ७३ अंक जोडेको छ। आठौँ स्थानमा रहेको भ्यालेन्सियाको समान खेलबाट ४७ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *