मलेसियामा जारी मलेसिया सुपर वुमन्स कप अन्तर्गत साउदर्न जागुअर्स र नर्दन क्वीन्सबिचको खेलमा नेपालकी कविता कुँवर म्यान अफ दि म्याच घोषित भएकी छिन् ।

साउदर्न जागुअर्सलाई जित दिलाउने क्रममा महत्वपूर्ण अर्धशतक बनाएर निर्णायक भुमिका निर्वाह गरेकी कविता कुँवर खेलको म्यान अफ दि म्याच बनेकी हुन् । उनले ६२ बलमा ५५ रनको योगदान दिइन् ।

उक्त प्रतियोगितामा नेपालबाट कविता सहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *