वार्ड नम्बर १० सुनसरीको दुहबीमा जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा वार्ड नम्बर ८ लाई ५-२ गोलको फराकिलो अन्तरले हराउँदै वार्ड नम्बर १० फाइनलमा स्थान बनाएको हो ।

वार्ड नम्बर १० को जितमा बिजय उराउले २ गोल, आशिक चौधरी, समित चौधरी र कबिन्द्र नारायण चौधरीले १-१ गोल गरे । पराजित वार्ड नम्बर ८ का लागि अमित चौधरी र बिबेक मिश्रले १-१ गोल गरे ।

खेलमा वार्ड नम्बर १० का बिजय उराउ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।
मंगलबार हुने फाइनल खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ६ को सामना गर्नेछ ।
दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ ।
