नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले शुक्रवार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश भएका हुन् । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् ।
यसअघि बोर्डले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडी सिल्भर क्याटोगोरीमा परेका थिए । यो क्याटोगोरीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा र सोमपाल कामी छन् ।
पिएसएलमा अनुबन्ध हुने खेलाडी ड्राफ्टबाट छनोट गरिने छ । आगामी सिजनको पिएसएलको लागि फाइनल ड्राफ्ट जनवरी १३ मा हुँदैछ । दशौं संस्करणको पिएसएल १० अप्रिलमा सुरु हुनेछ ।
अघिल्लो सिजनको पिएसएल ड्राफ्टमा पनि नेपालबाट दश खेलाडी परेका थिए । तर, कोही बिकेका थिएनन् ।
