अल नासरले साउदी प्रो लिगमा शानदार पुनरागमन जित निकालेको छ ।
अल नासरले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै अल अख्डोउडमाथि ३-१ को शानदार पुनरागमन जित निकालेको हो ।
अल नासरको जितमा साडियो मानेले २ गोल गरे भने एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । रोनाल्डोको यो क्यारियरको ९१७औं गोल हो ।
त्यस्तै अल अख्डोउडका लागि साभीओउर गडविनले एक गोल गरेका थिए ।
गडविनले छैटौं मिनेटमा गोल गरी अल अख्डोउडलाई अग्रता दिलाएका थिए । तर खेलको २९औं मिनेटमा मानेले अल नासरका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि मानेले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको जित पक्का गरे ।
जितसँगै अल नासर १४ खेलमा २८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको अल अख्डोउड १२ अंक सहित १४औं स्थानमा छ ।
