चावहिल क्वाटरफाइनलमा

२०८१, २५ पुष बिहीबार १९:०४

ललितपुर । चावहिल भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३-० गोलले पराजित ग¥यो । चावहिलका अजब श्रेष्ठले २ तथा राजनलाल नेपालीले १ गोल गरे ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयुएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे । थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १- ० गोलले हरायो ।

थर्ड आईका विश्व बैरागीले निर्णायक गोल गरे । आईयुएफसीले वि आर ब्रडर्सलाई ४-१ ले पाखा लगायो । विजयी टिमका लागि यम गुरुङले २ तथा विनोद महर्जन र कुमार शाहीले समान १-१ गोल गरे ।

कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २-० गोलले पन्छायो । कुसुन्ती ‘बी’ का लागि दुवै कृष्णबहादुर राईले गरे । क्वाटरफाइनल पुग्ने बाँकी ४ टिमको टुंगो शुक्रबार लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *