सन थप एक वर्ष टोटनहममै बस्ने

२०८१, २३ पुष मंगलवार २१:५२

इ‌ङ्लिस क्लब टोटनहम हस्टस्परका फरवार्ड सन ह्युङ मिनले क्लबसँग सम्झौता थप गरेका छन् ।
 
सनलाई क्लबले थप एक वर्षको विकल्प प्रयोग गर्दै सम्झौता बढाएको हो । नयाँ सम्झौता अनुसार दक्षिण कोरियाली फरवार्ड सन सन् २०२६ सम्म टोटनहममै बस्ने सहमती जनाएका हुन् ।

३२ वर्षीय सन सन् २०१५ मा जर्मन बायर लेभरकुसनबाट टोटनहम भित्रिएका थिए । उनले क्लबका लागि ४३१ खेलमा १६९ गोल गरेका छन् । उनले प्रिमियर लिगमा भने ३२० खेल खेल्दा १२५ गोल गर्नुका साथै ६८ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

टोटनहमका लागि उनले च्याम्पियन्स लिग र काराबाओ कपको फाइनलमा स्थान बनाए पनि क्लबको २००८ यता चलिरहेको उपाधि खडेरी तोड्न भने सकेका छैनन् ।  

टोटनहमले यस सिजन मध्यम प्रदर्शन गर्दै लिग तालिकाको १२औं स्थानमा छ । क्लब यसै हप्ता काराबाओ कपको सेमिफाइनलमा लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *