लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै जितको बाटो समातेको छ । सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो ।
लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा साविक विजता सिटीलाई जिताउन इर्लिङ हालान्ड र साभिन्होले गोल गरे ।
साभिन्होले खेलको २१औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि त्यसपछि दोस्रो हाफको ७४ औं मिनेटमा साभिन्होकै पासमा हालान्डले गोल थप्दा सिटी २–० ले विजयी भयो ।
योसंगै जारी सिजन खराब लयबाट गुर्जिरहेको सिटीले १४ खेलको जित विहिन यात्रा टुंग्याएको छ । जितसँगै सिटीले १९ खेलबाट ३१ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ । लिभरपुल शीर्ष स्थानमा ४२ अंकसहित ११ अंकको अग्रतामा छ ।
