पथरी । बेलबारी नगरपालिकालाई ३-० ले पराजित गर्दै कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा कानेपोखरीका लागि अभि लिम्बूले दुई गोल तथा सुरज लिम्बूले एक गोल गरे ।
खेलको १५औं र १९औं मिनेटमा अभि लिम्बुले गोल गरे भने सुरजले खेलको ५७औं मिनेटमा गोल गरे ।विजयी टिमका कर्मा तामाङ खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेल मिक्लाजुङ गाउपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुनेछ ।
मोरङ जिल्ला भित्रका आठ पालिकाले प्रतियोगितामा सहभागिता जनाएका छ्न । प्रतियोगिताको बिजेताले १ लाख भने उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
