पोखरा । पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन् । सलोनीले प्रकृती श्रेष्ठलाई ६-२, ६-२ र सुनिराले स्वस्तिाका विष्टलाई ६-३, ६-३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे ।

यस्तै मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६-४, ६-१ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । त्यस्तै निशान श्रेष्ठले निहाल जङ्ग बहादुर थापालाई ६-४, ६-२ ले, प्रनव मानन्धरले राजविर प्रधानलाई ७-५, ६-३ ले तथा आरव सम्राट हाडाले सक्षम बहादुर शाहलाई ६-२, २-० (रिटायर्ड हर्ट) पराजितगरे ।

यस्तै मेन्स डबल्सको सेमीफाइनलमा प्रदिप खड्का र जे शेर्पाको जोडी ६-४, ६-१ले प्रनव मानन्धर र राजविर प्रधानको जोडी संग पराजित हुँदै बाहिरिंदा अर्को एक सेमीफाइनलमा सक्षम विक्रम शाह र निशान श्रेष्ठको जोडीले निश्चल थापा र आरव सम्राट हाडालाई सुपर टाईमा ६-२, ७-५ र १०-७ ले पराजित गर्दै उपाधि नजिक पुगे ।

यस्तै मेन्स सिंगल्स ३५ वर्ष माथी सन्तोष खत्रीले सागर थापालाई ६-१, ६-१ ले, जितेन्द्र परियारले देव क्षेत्रीलाई ६-०, ६-० ले, भिष्म गुरुङले गगन महर्जनलाई ६-३, ६-१ले, सिमान्त गुरूङले पेमा नोर्बुलाई सुपरटाईमा ६-१, १-६ र ११-९ ले पराजित गरी सेमीफाइनलमा स्थान बनाएका छन् ।

प्रतियोगिता अन्तर्गत नै भएको ४५ वर्ष माथी पुरुष सिंगल्समा हेमराज ढकालले सुनिल श्रेष्ठलाई ६-१, ६-४ ले, रोहित सुनुवारले मान बहादुर कटुवाललाई सुपर टाइमा ५-७, ६-३ र १०-६ ले, कमल भण्डारीले विकास गुरुङलाई ६-२, ६-२ ले, छेवाङ लामाले सन्दुप कुमार लामालाई ६-२, ६-३ ले पराजित गरी अन्तिम चारमा पुगेका छन् भने ५५ वर्ष माथी सम्पन्न क्वाटर फाइनलमा तुलेश्वर सिंहले राजु श्रेष्ठलाई ६-४, ६-० ले, राजेन्द्र सिंह भण्डारी पहिलो सेटमा रिटायर्ड हर्ट हुँदै चन्द्र सिंहलाई खेल सुम्पिए जिवन घिमिरेले उत्तम शेर्पालाई ६-३, ६-१ ले पराजित गरे ।

४५ वर्ष माथी डबल्समा पोखरेली खेलाडी धरम बहादुर लामिछाने र गोपी बहादुर भट्टराईको जोडी सुपर टाई म्याचमा पराजित भएका छन् । सम्पन्न सेमीफाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठ संग ६-४, ६-० र १५-१३ ले पराजित भए । त्यस्तै अर्को सेमीफाइनल समेत सुपर टाईमा नै सम्पन्न भएको छ । हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीले ६-३, ३-६ र ११-९ ले रोहित सुनुवार र भिष्मराज पौडेललाई पराजित गरेको हो ।

५५ वर्ष माथी मेन्स सिंगल्समा चन्द्र शाही र जिवन घिमिरेले सेमीफाइनलमा स्थान बनाएका छन् भने ६५ वर्ष माथी सिंगल्समा बिदुर विष्ट सेमीफाइनलमा पुग्दा ध्रुव गुरुङले एक अर्को खेलमा फाइनलमा स्थान पक्का गरे । ५५ वर्ष माथी डबल्समा हेमराज ढकाल र मान बहादुर कटुवाल तथा सुदर्शन विष्ट र जिवन घिमिरेको जोडी फाइनलमा भिड्ने भएका छन् ।

३५ वर्ष माथी डबल्समा जित परियार र कुमार अधिकारीको जोडीले कमल गुरुङ र सिमान्त गुरुङको जोडीलाई ६-१, ६-१ को सेट पराजित गरी फाइनल यात्रा तय गरे उनीहरुले फाइनलमा नोर्बु पेमा र एस तोगवाईको जोडी संग भिड्ने छन् ।

यसै गरी प्रतियोगिताको पाँचौ दिन केही उमेर समुहका फाइनल खेल सञ्चालन हुनेछन् भने सेमीफाइनलमा खेलहरु समेत हुने टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताएका छन् । प्रतियोगिता भोली सोमबार सकिने भनिए पनि एक दिन लम्बिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *