रामेछाप | नेपाली सेनाको श्री नं ९ वाहिनी अड्डामा सञ्चालित वीर स्मृति कप पाँचौं संस्करणको लन टेनिस प्रतियोगिता सिन्धुलीमा सम्पन्न भएको छ ।

प्रतियोगितामा खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् । खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल प्रथम भए ।

भेट्रान्स सिङ्गलतर्फ सहायक रथी राम राणा प्रथम भएका छन् । यस्तै, भेट्रान्स डबलतर्फ माउर सागर बहादुर केसी र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् ।

प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिङ्गलतर्फ, खुल्ला सिङ्गलतर्फ र खुल्ला डबलतर्फ २४ जना सैनिक र दुईजना गैरसैनिक गरी जम्मा २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *