अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
एन्फाले आरसी ३२ फुटबल एकेडेमीका सुमनबहादुर मगर तथा बबिन बोहरा र स्वयम्भू क्लबका अशोक दर्लामीलाई ‘सी’ डिभिजन प्रतियोगिता अवधिभर प्रतिबन्ध लगाएको हो ।
