बिभूूषण कोइराला, भक्तपुर

नेपाली क्रीकेट टिमका प्रशिक्षक मोन्टि देसाइको सम्झौता नविकरण नहुने कुरा यतिबेला समाजिक सञ्जालमा जताततै देख्न सकिन्छ ।

टि-२० विश्वकपमा सोचे जस्तो नतिजा दिन नसकेको, क्यानडा र अमेरिकाको सिरीजमा पनि प्रस्तुति खस्केको कारण देसाइको सम्झौता नविकरण नहुने हल्ला यतिबेला हामी समाजिक सञ्जालमा देख्न सक्छौं । देसाइको बिकल्प देखेर नै क्यानले पनि नविकरण नगरेको भन्न सकिन्छ । क्यानले यो विषयको बारेमा भने केहि बोलेको छैन । आज हामी हेरौं को को छन् त, देसाइको बिकल्प ? कसलाई ल्याउला र क्यानले ?

१) ब्राड हज : अष्ट्रेलियाबाट विश्वकप जितीसकेका हजले एनपिएलमा सुदुर पश्चिम् रोयल्सको मेन्टरको रुपमा पनि काम गरेका छन । दायाँ हाते ब्याटर हजले आइपिएलमा समेत कोचको काम गरेका छन । नेपाली क्रिकेट टिमबाट निकै नै प्रभावित भएका हजलाई भेट्न क्यानका केही ब्यक्तिहरु पनि गएका थिए । नेपाली क्रिकेटबाट प्रभावित हुनु, नेपाली खेलाडीको खुलेर तारिफ गर्नु हज नेपाली क्रिकेट जोडीने संकेत हुन सक्छ ।

२) ब्रायन लारा : नेपाली क्रिकेट टिमको खुलेर तारिफ गरेका वेस्ट ईन्डिसका लेजेन्ड लाराले नेपाली क्रीकेट टिम सँग काम गर्ने इच्छा देखाएका छन् । क्यानका सचिव पारस खड्काको अनुसार लारा नेपाली टिम सङ जोडीन चाहेका छन् । तर, कोचको रुपमा लाराले काम गर्न भने चाहेको नचाहेकको कुरा खुलाइएको छैन ।

३) उमेश पटवाल : एनपिएलमा चितवान राइनोजको प्रशिक्षकको रुपमा काम गरेका उमेश नेपाली टिमको प्रशिक्षक पनि भएका छन । उनको कार्यकालमा रोहित पौडेल, सोमपाल कामी जस्तै थुप्रै खेलाडीको नेपाली क्रिकेट टिममा कमब्याक भयो । नेपाली क्रीकेट टिम सँग सँधै जोडीन चाहने पटवाल, नेपाली क्रिकेट टिमको प्रशिक्षक हुने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *