जय ट्रफी : को हुन त जय ?

२०८१, १२ पुष शुक्रबार १२:३९

विभूषण कोइराला, भक्तपुर

जय ट्रफीको रुपमा नेपाली क्रीकेटमा रेड बल क्रिकेट फर्किएको छ । यहि डिसेम्बर ५ गते देखि जनकपुर र पर्सामा आयोजना हुने यो प्रतियोगिताको समूह चरणको खेल २ दिन खेलाइने छ भने फाइनलको लागि भने ३ दिन छुट्टयाइएको छ ।

जय ट्रफीमा प्रधानमन्त्री कपको शीर्ष ४ टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागीता रहनेछ ।

को हुन जयकुमार नाथ शाह ? जसको नाममा यो प्रतियोगिता खेलाइने छ ?

जयकुमार नाथ शाह, नेपाली क्रीकेट इतिहासको एउटा अध्याय हुन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को पुर्व अध्यक्ष शाहाले नेपाली क्रिकेटमा १९६६ देखि २००६ सम्म, ४० बर्ष बिताए जहाँ उनले नेपाली क्रिकेट टिमलाई नयाँ उचाइ दिए । उनले क्यान मात्र नभएर एसियन क्रीकेट काउन्सिलमा पनि उपाध्यक्ष भएर काम गरे ।

शाहको मुलपानी अन्तर्राष्ट्रिय रंगशालालाई आइसीसीको ग्लोबल एकेडेमी बनाउने उदेश्य थियोे र त्यही अन्तर्गत उनले आइसीसीको ग्लोबल एकेडमीको लागि काम पनि गरे । उनले मुलपानीको डिपीआर पनि त्यहीँ अन्तरगत बनाउन ग्राहम वाट्सनलाई बोलाए । ग्राहम तिनै ब्यक्ति थिए जसले सिड्नी क्रिकेट मैदानको पनि रिनोभेट गरेका थिए ।

शाहले आइसीसीबाट लाइफ टाइम अचिभमेन्ट पनि पाएका छन भने उनको कार्यकालमा क्यानले पनि वार्षिक विकास पुरस्कार (Annual development Awards) प्राप्त गर्यो ।नेपाली क्रिकेटको परिकल्पनाकार जय शाह थिए । उनले नेपाली क्रिकेटमा गरेको योगदानको कारण आज क्यानले उनलाई सम्झिएर उनको नाममा प्रतियोगिता गराउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *