काठमाडौँ | पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ प्रतियोगिताको दोस्रो संस्करण माघ १६ र १७ गते राजधानीमा आयोजना हुने भएको छ ।

यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनले पत्रकार सम्मेलन गरेर पुरुष र महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जनाएका छन् । प्रतियोगिता बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा हुने छ । प्रतियोगिताले आरोहण क्षेत्रमा रुची राख्नेलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा १२ वर्ष उमेरभन्दा माथिकाले सहभागिता जनाउन सक्ने छन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले प्रतियोगिताले प्रतिस्पर्धामात्र होइन, आरोहण संस्कृति, सौहार्दता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सव रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *