काठमाडौं । नेपाल क्रिकट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।

मोन्टीको सम्झौता यही डिसेम्बरसम्म मात्रै छ । त्यसपछिका दिनमा सम्झौता नवीकरण नगर्ने निर्णयमा क्यान पुगेको आजको राष्ट्रिय दैनीकि नयाँ पत्रिकाले जनाएको छ ।

नयाँ पत्रिकाका अनुसार क्यानका सचिव पारस खड्काले क्यानका पदाधिकारी र स्वयम् प्रशिक्षक मोन्टीलाई पनि जानकारी गराइसकेका छन् । क्यानले आगामी बोर्ड बैठकबाटै नयाँ प्रशिक्षक भित्राउने योजना बनाएको छ ।

मोन्टीको प्रशिक्षणमा नेपालले पुनः चार वर्षको लागि एकदिवसीय मान्यता जोगाएको थियो । एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्यो । टेष्ट राष्ट्रसँग बलियो प्रस्तुती दिन थालेको थियो ।

दोस्रो पटक विश्वकप खेल्दा सोचेको जस्तो नतिजा नआउनु र पछिल्लो समय लिग २ मा राम्रो प्रदर्शन नहुँदा मोन्टीसँग सम्झौता नवीकरण नभएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *