सुनिल गाउँले, सिमरा

नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।

जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ ।

तेस्रो दिन आइतवार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमवार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।

‘ट्रफी परेड’ को लागि अहिले जनकपुरले आफ्नो ट्रफीलाई व्यवस्थापनको लागि हेटौँडामा बसेर साजसज्जाको काम गरिरहेको छ ।

शनिवार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *