नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेख र आरिफ शेख एकैदिन वैवाहिक बन्धनमा बाँधिन लागेका छन् । वीरगन्ज महानगरपालिका–१२ निवासी यी दाजुभाइले २० पुस २० मा मागी विवाह गर्न लागेका हुन् ।

२६ वर्षीय आरिफ नेपाली टोलीका अलराउन्डर हुन् भने २३ वर्षीय आसिफ ब्याट्सम्यान तथा विकेटकिपरका रूपमा चिनिएका छन् । हाल यी दुवै दाजुभाइ आफ्नो विवाहका निम्तो बाँड्नमा व्यस्त छन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आसिफ जनकपुर बोल्ट्सका मार्की खेलाडीका रूपमा चम्किएका थिए । उनको टोलीले उपाधि जित्न सफल भएको थियो । अर्कोतर्फ, आरिफ संलग्न सुदूरपश्चिम रोयल्स फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

एनपीएल सकिए लगत्तै यी दाजुभाइ वीरगन्ज फर्किएर घरमै विवाहको तयारीमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *