ललितपुर | ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा दुवै टिम गोल गर्न असफल रहे ।
बराबरीसँँगै सातदोबाटोले लिगको अन्त्य गरेको छ । सातदोबाटो २२ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ । एक खेल्न बाँकी रहेको खुमलटार २१ खेलमा १२ अंककासाथ ११औं स्थानमा छ ।
अन्तिम १ खेल अगावै विजेता भइसकेको पुलिसले २१ खेलबाट ४८ अंक जोड्दा दोस्रो स्थानमा रहेको एनआरटी अन्तिम खेल अगाडि २१ खेलबाट ४४ अंक जोडेको छ ।
