चर्च ब्वाईज युनाइटेड दोस्रो एनआरएनए इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वार्टफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउदै चर्चब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

आइतबार सदरमुकाममा रहेको ठूलो टुंडिखेलमा भएको खेलको सुरुवातमै आर्मीले पेनाल्टि पायो । जस्को सदुपयोग गर्दै निरज चौधरीले टिमलाई अग्रता दिलाए ।
पहिलो हाफ एक गोलले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्यो । खेलको ७५ औं मिनेटमा रोहन कार्कीले गोल गर्दै खेल बराबरी बनायो। ८२ औं मिनेटमा विदेशी खेलाडी अर्मान्डोले गोल गर्दै चर्च ब्वाइजको जित पक्का गरे ।
टिमका लागि पहिलो गोल गरेक चर्चब्वाइजका रोहन कार्की म्यान अफ दी म्याच घोषित भए । उनले नगद आठ हजार एक सय सहित ट्रफि प्राप्त गरे ।

मछिन्द्र फुटबल क्लबले मंगलबार झापाको रेड स्टार फुटबल क्लबसंँग अन्तिम क्वार्टरफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
