मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ ।

दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ ।

दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

५ विकेट गुमाएर १ सय २८ रन अवस्थाबाट भारतले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप ४७ रन जोडेर भारत अल आउट भएको थियो ।

नितिशकुमार रेड्डीले सर्वाधिक ४२, रिषभ पन्त र शुभमन गिलले समान २८, ओपनर यशस्वी जैसवाल २४, लोकेश राहुल ७, विराट कोहली ११ र रोहित शर्मा ६ रनमा आउट भए ।

अष्ट्रेलियाका प्याट कमिन्सले १४ ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए । स्कट बोलाण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । ट्रविस हेडले १ सय ४१ बलमा १७ चौका र ४ छक्कासहित १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए । उनको टेस्ट करिअरको यो आठौं शतक रहेको थियो । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा १ सय ८० रनमा अल आउट भएको थियो । नितेश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले ६, प्याट कमिन्स र स्कट बोलान्डले समान २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *