एसी मिलानलाई हराउँदै एट्लान्टा इटालियन सिरी एको शीर्ष स्थानमा उक्लिएको छ

शुक्रवार राति भएको खेलमा एसी मिलानलाई २- १ ले हराउँदै एट्लान्टा सिरी एको तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लान्टाको घरेलु मैदान जिवेस स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन चार्लिस डि केटेराइरे र अडेमोला लुकम्यानले गोल गरे । पराजित भ्रमणकारी टोलीका लागि भने अल्भारो मोराटाले एक गोल फर्काए ।

खेल सुरु भएको १२ औं मिनेटमा मार्टिन डि रोनको पासमा चार्लिसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, २२ औं मिनेटमा राफायल लियोको पासमा मोराटाले गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

यता, दोस्रो हाफको ८७ औं मिनेटमा सिद कोलासिनाकको पासमा लुकम्यानले गोल गर्दा एट्लान्टा २-१ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै शीर्ष स्थानमा उक्लिएको एट्लान्टाले १५ खेलबाट ३४ अंक जोडेको छ । एट्लान्टाको भन्दा एक खेल कम खेलेको नापोलीको ३२ अंक रहेको छ ।

मिलानको भने १४ खेलबाट २२ अंक रहेको छ । मिलान तालिकाको सातौं स्थानमा कायम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *