दिपक बोहरा, पाँचथर | ६ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन्

सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ।

फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा आयोजना हुने छ । फाल्गुनन्द गोल्डकप पाँचथर जिल्लाकै सबै भन्दा ठूलो प्रतियोगिता बन्ने भएको छ ।

पाँचथरमा हुने गोल्डकप प्रतियोगिताहरु मध्ये फाल्गुनन्द गोल्डकप पुरस्कार राशिको हिसाबले सबैभन्दा ठूलो प्रतियोगिता बन्ने छ । पाँचथरमा आयोजना भएका बिभिन्न गोल्डकपहरुको पुरस्कार राशी ५ लाख रुपैयाँ भन्दा केहि धेरै मात्र हुने गरेको छ ।

यसपटकको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। अघिल्लो संस्करणको विजेतालाइ ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मैदानको पूर्ननिर्माणको काम र आर्थिक संकलनसहितको काम सुरु भएको उनले जानकारी दिए ।

यसपटक प्रतियोगितामा ४ वटा ए डिभिजन क्लब, नेपाल सुपर लिग टोली, आयोजकसहितको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको व्यतिगत पुरस्कार तर्फ पनि बृद्धि भएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एकथान इभी स्कुटर प्राप्त गर्ने छन् । प्रत्येक खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वाधिक गोलकर्ताले १५, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरर्वड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा ए डिभिजनका न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, चर्च व्वाइज, त्रिभुवन आर्मी फुटबल छन् ।

एनएसएल टोली विराटनगर सिटी एफसी, चितलाङ फुटबल क्लब, आयोजक फिदिम स्पोर्टिङ क्लब सहित सिराहाको सलहेश फुटबल क्लब, न्युस्टार क्लब सुनसरी र झापा फुटबल क्लबले फाल्गुनन्द गोल्कपमा सहभागिता जनाउनेछन् । प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए। दशौं संस्करणको उपाधि झापा ११ले जितेको थियो ।

२०६५ सालबाट १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको नाममा सुरु भएको प्रतियोगिताको दसौं संस्करण २०७५ सालमा आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *