स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । ओलम्पिक लुइस कम्जनिज रंगशालामा शनिबार भएको खेलमा लास पाल्मसले बार्सिलोनालाई २-१ गोलले हरायो ।

लास पाल्मसको जितमा स्यान्द्रो रमिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले गोल फर्काए ।

खेलको ४९औं मिनेटमा रमिरेजले गोल गर्दै लास पाल्मसलाई अग्रता दिलाए । ६१औं मिनेटमा राफिन्हाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

त्यसको ६ मिनेटपछि सिल्भाले गोल गर्दै लास पाल्मसलाई २-१ को रोमाञ्चक जित दिलाए ।

हारका बावजुद बार्सिलोना १५ खेलमा ३४ अंक जोडेर लिगको शीर्षस्थानमा छ । बार्सिलोनालाई पराजित गरेको लास पाल्मस समान खेलबाट १५ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *