काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०८१ मा नेपालका २ टोली सहित ५ टोलीको सहभागिता रहने भएको छ ।

शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका दुई तथा भारत, माल्दिभ्स र इरानका समान एक क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र उपविजेता गण्डकी प्रदेशसँगै भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी र  इरानको चादौरा मालो क्लबको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंसिर २२ देखि २९ गते सम्म हुने प्रतियोगितामा कूल १४ खेल हुनेछन् । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो । यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो । त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च हुने संघको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *