रोमालाई पराजित गर्दै नापोली आइतबार इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राती भएको खेलमा रोमालाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु टोली नेपोलीको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरेका थिए । उनले ५४ औं मिनेटमा जिओभानी डि लोरेन्जोको पासमा गोल गरेका हुन् ।
जितपछी १३ खेलबाट २९ अंकसहित नेपोली शीर्ष स्थानमा छ । समान खेलबाट २८ अंकको साथ एट्लान्टा दोस्रो स्थानमा छ । पराजित रोमा भने १३ अंकसहित १२औं स्थानमा रह्यो ।
