नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकले लोगो सार्वजनिक गरेका हुन् । सोही अवसरमा फ्रेन्चाइज टोली पनि सार्वजनिक भएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ । काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउनेछन् ।

पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले गत वर्ष एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गरेको थियो । महिला कबड्डी लिगका लागि पनि एस्ट्रोनिक्ससँग सम्झौता गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरजिन्द झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *