बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कर्णालीलाई जित दिलाउन वर्षा ओली र सञ्चिता बोम्जनले गोल गरिन् ।

प्रतियोगिताको अन्तिम खेल बाँकी रहँदा राष्ट्रिय लिगमा छनोट हुने तीन टिम निश्चित भएका छन् । छनोटबाट कोसी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् ।

प्रतियोगितामा बलियो मानिएको मधेश प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेशलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने समीकरण थियो । तर, कर्णालीले गण्डकीविरुद्ध सहज जित निकालेसँगै मधेशको सम्भावना सकिएको हो ।

लिग लिडर कोसी अपराजित रहँदा ६ खेलबाट १६ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानको सुदूरपश्चिमले पाँच खेलबाट १२ र तेस्रो स्थानको कर्णालीले ६ खेलबाट १२ अंक जोडेका छन् । सुदूरपश्चिमले बिहीबार नै प्रतियोगिता अन्तिम खेलमा लुम्बिनी प्रदेशविरुद्ध खेल्दै छ।

चौथो स्थानमा सीमित बनेको मधेशले ६ खेलबाट नौ अंकमात्र जोड्न सक्यो । तीन खेलमा जित निकालेको मधेशले एक खेलमा बराबर र दुई खेलमा हारको सामना गरेको थियो ।

पाँचौं स्थानको गण्डकीले ६ खेलबाट ६ अंक जोड्यो । छैटौं स्थानको लुम्बिनीले अन्तिम खेल खेल्न बाँकी रहँदा तीन अंक जोडेको छ । तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको वाग्मती भने अंकविहीन रह्यो । वाग्मतीले प्रतियोगिताको सबै खेलमा हार बेहोरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *