नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ।

टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट मैदानमा आयोजना भएको हो । इलाम जिल्ला र नजिकमा उदयमान क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन् ।

इलामबाट उदयमान ३ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडी सहित अन्य ४ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

इलाम पछी कोशी प्रदेशको झापा (युनाइटेड क्लब बिर्तामोड) मा कात्तिक २७ गते, सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर (थारुहट रंगशाला गाईघाट) मा कात्तिक ३० गते, मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर) मा म‌ङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ ।

कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । “कोशीको शान हाम्रो पहिचान” भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्कन लागेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *