याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छन् ।
याङटेन ले १०-११ वर्ष उमेर समूहको कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् ।
११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता लामा र अन्यले न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण दिदै आएका छन् ।
च्याम्पियनले नेपालमा पनि कराते लगायत अन्य मार्सल आर्ट्सका खेलको प्रशिक्षण दिदै आएको छ।
