जमाल मुसियालाको एक मात्र गोलको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा कठिन जित दर्ता गरेको छ ।
शनिबार राती भएको खेलमा बायर्नले घरेलु टोली एफसी सेन्ट पाउलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मिलर्टर रंगशालामा जमाल मुसियालले गरेको एकमात्र गोल बायर्नलाई जित दिलाउन पर्याप्त बन्यो । खेलको २२औं मिनेटमा मुसियालले २५ यार्डबाट गरेको प्रहारले जाली चुमेको थियो ।
जितसँगै १० खेलमा २६ अंकका साथ बायर्न शीर्षस्थामा छ । पराजित सेन्ट पाउली समान खेलबाट आठ अंकका साथ १५ औं स्थानमा छ ।
