फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राती सम्पन्न खेलमा पिएसजीले दोस्रो स्थानको एन्जर्सविरुद्ध ४-२ को जित निकालेको छ । जितसँँगै पिएसजीले आफ्नो विजयी यात्रालाई ११ खेलसम्म कायम राखेको छ ।

पिएसजीको जितमा ब्राडली बारकोला र ली काङ-इनले समान २-२ गोल गरे । एन्जर्सका लागि एस्टेबान लेपुल र इमानुएल बियुमलाले गोल गरे ।

फ्रेन्च लिग र यसले खेल सञ्चालन गर्ने तरिकाप्रति समर्थकले चर्को विरोध गरेका थिए । घरेलु समर्थकले टेनिस बल मैदानमा फ्याँकेपछि दोस्रो हाफको सुरुमा केही समय खेल रोकिएको थियो ।

जितपछि लिगको शिर्ष स्थानमा रहेको पिएसजीले ११ खेलबाट २९ अंक जोडेको छ । पराजित एन्जर्स समान खेलबाट २३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै गएराति नै सम्पन्न अर्को खेलमा एक्सुरेले मार्सेलेलाई ३-१ गोलले हरायो । यस्तै मोनाकोले स्ट्रासबर्गविरुद्ध ३-१ को जित निकाल्दा नान्टेज लेन्ससँग ३-२ गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *