ताजिकिस्तानमा हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो । एन्फाका अनुसार नेपाली टोली आइतबार ताजिकिस्तानतर्फ प्रस्थान गर्नेछ ।

यस खेलका लागि नेपाली टोलीका अन्तरिम प्रशिक्षक नविन न्यौपानेले अघिल्लो सातानै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

नेपालल कात्तिक २८ मा घरेलु टोली ताजकिस्तान तथा मंसिर १ मा अफगानिस्तानको सामना गर्नेछ ।
 
नेपाली टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन

मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी




Leave a Reply

Your email address will not be published. Required fields are marked *