भिनिसियस जुनियरको ह्याट्रिकमा रियल मड्रिडले सहज जीत हासिल गरेको छ।
स्पेनिस ला लिगा अन्तर्गत १३ औं साताको खेलमा घरेलु टोली रियलले सासुलोलाई ४–० गोलले पराजित गरेको हो । रियलको जीतमा भिनिसियस जुनियर ह्याट्रिक पूरा गर्दा जुड बेलिङ्ङ्घमले एक गोल थपे ।
पहिलो हाफमा २-० ले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ३४ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। उनले ६१औं र ६९औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
जुड बेलिङ्ङ्घमले ४२औं मिनेटमा थप एक गोल गरेका थिए।
जिततसँगै रियलले १२ खेलबाट २७ अंक जोडेका छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ६ अंकले पछि छ । पराजित सासुलो भने १३ खेलबाट २१ अंकसहित पाँचौं स्थानमा छ ।
