टेबलटेनिस खेलाडी सेलिशाको निधन

२०८१, २३ कार्तिक शुक्रबार २१:०२

नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ ।

टेबलटेनिस प्रशिक्षक राकेश महर्जनको अनुसार लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको शुक्रबार निधन भएको हो । ३० वर्षीया सेलिशाको शुक्रबारै किर्तिपुरमा अन्त्यष्टि गरिएको छ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दषिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।

सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले सहभागिता जनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *