इन्टर मिलान इटालियन सिरी ए तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले गएराती भएको खेलमा भेनेज्जिया माथि १-० को कठिन जित हासिल गरेको हो ।
इन्टरको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन् । दोस्रो हाफको सुरुवातमानै इन्टरले अग्रता लिएको विश्वास गरेको थियो । तर हेन्रिक मखीतयारनले गरेको गोलले मान्नयता पाएन् ।
भारको परिक्षण पछि अफसाइडको निर्णय भएको थियो । ६५ औं मिनेटमा लौतारो मार्टिनजेले अन्तत इन्टरलाई १-० को अग्रता दिलाए । उनका लागि फेडेरिको डिमार्काले लेफ्ट विङबाट सुन्दर क्रस उपलब्ध गराएका थिए । यहि गोल इन्टरलाई तीन अंक जोड्न पर्याप्त भयो ।
इन्जुरी समयमा भेनेज्जियाका मारिनले बराबरी गोल गरेको सोचेका थिए । तर लामो समयको भार परिक्षण पछि असफसाइड घोषित गरियो ।
जितसँगै इन्टरले शीर्ष स्थानमा रहेको नापोली सँगको दुरी एक अंकमा झारेको छ । इन्टरको ११ खेलबाट २४ र नापोलीको २५ अंक छ । १८ औं स्थानमा रहेको भेनेज्जियाको ११ अंक छ ।
