युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबार आइटिएफ तेक्वान्दो विश्वकप २०२४ मा सहभागी हुने नेपाली टोलीको बिदाई गरेका छन् ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापामगरको नेतृत्वमा सात सदस्यीय टोली नोभेम्बर १ मा उज्वेकिस्तान जाँदैछ । घमबहादुरसँगै विक्रम बाठाले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।

यसैगरी टोलीको प्रशिक्षकमा होमबहादुर सुनार छन् । पुरुषतर्फ खगेन्द्र घर्तीमगर, सुरेन्द्र अदै तथा महिलातर्फ नविना विश्वकर्मा र बसन्ती डाँगीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

प्रतियोगिता नोभेम्बर १ देखी ८ सम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *