चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिप लागि दुई पुरुष खेलाडी मंगलबार छनोट भएका छन्।

नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एक दिने छनोट प्रतियोगिताबाट दुई खेलाडी छनोट भएका हुन्।

पुरुष खुला तौल समूहमा ओखलढुंगाका मनी कार्की छनोट भएको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जनाएका छन्। उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे।

पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए। प्रतियोगिता जापानमा फेब्रुअरी २२ देखि २५ तारिखसम्म हुनेछ।

छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती रहेका छन्।

खुला तौल समूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको अध्यक्ष बस्नेतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *