एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को आफ्नो अन्तिम खेलमा गण्डकी थन्डर्सले मधेश युनाइटेडविरुद्ध ३-० को सोझो सेटको जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकीले खेल २१-१६, २५-१९ २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पाँचौं खेलमा पराजित मधेश अंकविहिन रह्यो ।
शुक्रबारै सम्पन्न पहिलो खेलमा ललितपुरले चितवनलाई ३-१ को सेटमा पराजित गरेको थियो । ललितपुर फाइनल प्रवेशको नतिजाको लागि जारी काठमाडौं र कर्णालीको नतिजाले निर्धारण गर्नेछ ।
