काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । झन्डै डेढ महिनाको प्रशिक्षण पछि नेपाली टोली प्रतियोगितामा भाग लिन बिहीवार श्रीलंका प्रस्थान गरिसकेको छ ।

खेल तालिका:
पहिल खेल: नेपाल विरुद्ध श्रीलंका (असोज २०)
दोस्रो खेल: नेपाल विरुद्ध उज्वेकिस्तान (असोज २१)
तेस्रो खेल: नेपाल विरुद्ध माल्दिभ्स (असोज २२)
चौथो खेल: नेपाल विरुद्ध किर्गिस्तान (असोज २४)
पाँँचौ खेल: नेपाल विरुद्ध तुर्किमेनिस्तान (असोज २५)

सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

नेपाली यु-२० पुरुष टोली :
पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर

Leave a Reply

Your email address will not be published. Required fields are marked *