पुलिस अपराजित रहँदै फाइनलमा

२०८१, ४ आश्विन शुक्रबार २०:२३

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ ।

लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो ।

पुलिसल २५-१२, २५-२१, २१-२५ र २५-२१ खेल आफ्नो पक्षमा पार्यो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो। पुलिसले शनिवार फाइनल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *