कर्णालीले भित्र्यायो विदेशी खेलाडी

२०८१, १० आश्विन बिहीबार १९:०७

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज कर्णाली यसभिसले विदेशी खेलाडीका रूपमा ग्रिसकी एथेनासिया लियाग्कीलाई अनुबन्ध गरेको छ ।

२८ वर्षीय लियाग्कीले एके एथेन्स, अल इत्तिहाद जस्ता क्लबबाट खेलेकी छन् । यसैगरी कर्णालीले अमेरिकाकी ग्याब्रिली बान्डा र टर्कीकी जिनेप आउट्रनलाई पनि भित्र्याएको छ ।

नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी मार्की प्लेयर रहेको कर्णालीले कुमार लाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतिस्पर्धा गर्नेछन्। कर्णालीले असोज १४ मा मधेश युनाइटेडसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

कर्णालीको टोली:

सुमित्रा रेग्मी (मार्की), मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, श्रृष्टि खड्गी, गरिमा बोहरा, पशुपति बोहरा, ग्याब्रिली बान्डा (अमेरिका) जिनेप आउटून (टर्की), एथेनासिया लियाग्की (ग्रिस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *