नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन् ।

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्।

यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्। आजै उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन।

दोस्रो पटक पारालिम्पिक्स खेलिरहेकी पलेशा गत संस्करण भने कास्य पदक बाट चुकेकी थिइन्। उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन्। अहिले पेरिसमा पनि दुई बाउट जितिसकेकी छिन्।

ओलम्पिक्समा चार खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन। समर ओलम्पिक्समा पनि अहिलेसम्म कुनै पनि खेलाडीले पदक जुन सकेका छैनन्। केहि बेरमा पलेशाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *