नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकको पहिलो चरणमा शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध प्रतिस्पर्धा गर्दैछिन् ।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धा नेपाली समयअनुसार दिउँसो १:२५ मा सुरु हुनेछ

यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएकोएसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पेलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *