पेरिस ओलम्पिक २०२४ को आज आइतबार समापन हुदैछ । पेरिस ओलम्पिकको अन्तिम दिन १३ स्वर्ण पदकको छिनोफानो हुनेछ । यी १३ पदकको छिनोफानोसंगै पेरिस ओलम्पिकको शिर्ष स्थानमा रहने टोलीको पनि टुङ्गो लाग्नेछ ।

शनिबार रातीसम्मको खेलमा चीनले ३९ स्वर्ण पदक जितेर शिर्ष र संयुक्त राज्य अमेरिका ३८ स्वर्ण जित्दै दोश्रो स्थानमा रहेको छ । त्यस्तै अष्टेलियाले १८ स्वर्ण, जापानले १८ स्वर्ण र आयोजक फ्रान्सले १६ स्वर्ण पदक जित्दै क्रमस तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

दक्षिण एशियाली मुलुकमा भारतले ६ पदक जितेपनि स्वर्ण पदक विहिन बनेको छ । तर पाकिस्तानले ज्याभलेन श्रोमा स्वर्ण पदक जितेर दक्षिण एशियाली मुलुकलाई स्वर्ण पदक विहिन हुनबाट चाहिँ जोगाएको छ ।

पेरिस ओलम्पिकको समापन समारोह आज राती ९ बजेदेखि स्टेड डे फ्रान्समा शुरु हुनेछ । उक्त समापन समारोहमा सन २०२८ मा लस एन्जलमा आयोजना हुने ओलम्पिक झण्डको हस्तान्तरण गरिने छ । पेरिस ओलम्पिक २०२४ मा २०६ राष्ट्रहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *