नेपालमा जारी काभा महिला नेसन्स भलिबल लिग २०२४ मा आइतबार दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आजको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेल दिउँसो ३ बजे शुरु हुनेछ । यस्तै साँझ ५:१५ बाट शुरु हुने आजको दोश्रो खेलमा घरेलु टोली नेपालले इरानको सामना गर्नेछ ।
एकअर्काविरुद्ध कोर्टमा उत्रिदै गर्दा आज नेपाल र इरान प्रतियोगितामा लगातार तेश्रो जितको खोजिमा हुनेछ ।
जारी लिगमा उत्कृष्ट लयमा देखिएको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० तथा दोश्रो खेलमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
यता पहिलो खेलमा भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले त्यसपछिका दुई खेलमा क्रमशः श्रीलंकालाई ३-२ माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो ।
नेपालले २ खेलबाट ५ अंक जोड्दा तीन खेल खेलिसकेको इरानको पनि समान ५ अंक नै रहेको छ ।
